FAQs Complain Problems

दुहवी नगरपालिका कार्यालयको आधिकारिक वेब साइटमा तपाईहरुलाई हार्दिक स्वागत छ।

पृष्भुमिः

दुहवी नगरपालिकाको कार्यालय,दुहबी सुनसरी

दुहबी नगरपालिका नेपालका ७ प्रदेश मध्ये प्रदेश नं. १ को सुनसरी जिल्लामा अवस्थित छ । नेपाल सरकार (मन्त्रि परिषदको) को मिति २०७१/०१/२५ को निर्णयानुसार गठित आयोगबाट घोषणा भएको दुहबी भलुवा नगरपालिकाले ३३.४४ वर्ग किलोमिटर ओगटेको थियो । नेपाल सरकार स्थानीय तह निर्धारण आयोगको २०७३ फागुनको निर्णय अनुसार सुनसरी जिल्लाका अन्य गा.वि.स. सोनापुर, सिमरिया, तनमुना र पुर्वकुशाहा समेतलाई मिलाएर कुल ७६.६७ वर्ग किलोमिटर क्षेत्रफल कायम गरिएको छ  । २०६८ सालको जनगणना अनुसार दुहबी न.पा.को कुल जनसंख्या ५६२१६ रहेको छ ।
पुर्वमा मोरङ जिल्लाको बुढीगंगा गाउंपालिकासंग सिमाना जोडिएको छ भने पश्चिममा गढी गाउंपालिका, उत्तरी भागमा इटहरी उपमहानगरपालिका र दक्षिणी भागमा बुढीगंगा गाउंपालिका र बर्जु गाउंपालिका रहेको छ ।
भौगोलिक अवस्थितिका हिसाबले यो नगरपालिका ८७ डिग्री १२ मिनेट २७ सेकेण्डदेखि ८७ डिग्री १७ मिनेट ५४ सेकेण्ड पूर्वी देशान्तर र २६ डिग्री २९ मिनेट १५ सेकेण्डदेखि २६ डिग्री ३७ मिनेट ११ सेकेण्ड उत्तरी अक्षांशसम्म लगभग केराको पात जस्तो आकारमा फैलिएको छ ।

१२ वटा वडाहरुमा विभाजित यस नगरपालिकाको उत्तरतर्फ अग्लो र दक्षिणतर्फ क्रमशः पानिढलो छ । उत्तरतर्फको अग्लोभागबाट उत्पति भएका स-साना खोल्साहरु मिलेर निर्माण भएका बुढी खोला,  टेग्रा खोला, धनुष्ना खोला आदि दक्षिण तर्फ बगेको छ ।
भौगोलीक परिवेशमा यो नगरपालिका त्यति धेरै विषम अवस्थितिमा नभए पनि बुढी खोला र अन्य स-साना खोला र खोल्साको पृष्टभूमिमा अवस्थित भएका कारण यहाँ स्थानीय स्तरका विविधताहरु देखिन्छन् ।

स्थापना: २०७३ वडा संख्या: १२ निर्वाचन क्षेत्र नं.: ३

 

सिमाना

पूर्वमा : मोरङ जिल्लाको बुढीगंगा गाउंपालिका

पश्चिममा: गढी गाउंपालिका

उत्तरमा: इटहरी उपमहानगरपालिका

दक्षिणमा: बुढीगंगा गाउंपालिका र बर्जु गाउंपालिका