Flash-news
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न के कागजातहरु पेश गर्नुपर्छ ?
सा.सु. भत्ता प्राप्त गर्न योग्न नेपाली नागरिकले देहाय बमोजिमका कागजपत्र पेश गर्नुपर्नेछ:
१. निवेदन (वडा कार्यालयमा पाइने)
२. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. २ वटा पासपोर्ट साईजको फोटो
४. विधवाको हकमा पतिको मृत्युदर्ताको प्रमाणपत्रको प्रतिलिपि
५. दलित बालवालिकाको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
६. पूर्ण अपाङ्गताको (रातो कार्ड)को प्रतिलिपि, १६ वर्ष उमेर पुगेको भएमा नागरिकताको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रतिलिपि